हिमालयन रि र नेपाल रिइन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार
१७ चैत्र २०८१, आईतवार १५:०५

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज दुई पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ ।
हिमालयन रि इन्स्योरेन्सको आज सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज ६९ करोड १९ लाख रुपैयाँको कारोबार भएको छ ।
साथै, नेपाल रि इन्स्योरेन्सको ४७ करोड ८४ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्टक्चरको ३९ करोड ६८ लाख रुपैयाँ, सीईडिबी होल्डिङ्सको २४ करोड १० लाख रुपैयाँ र गार्डियन माइक्रो लाइफको १७ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ ।