पशुपंक्षी खोप तथा औषधी वितरणमा भ्रष्टाचारः पशु शाखा प्रमुखसहित २ जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको मर्चवारी गाउँपालिकाका पशु शाखा प्रमुख रामचन्द्र भुषालसहित २ जनालाई भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ।
गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा पशुपंक्षीको खोप तथा औषधि वितरणका योजनाका लागि रकम छुट्याएको थियो। सोही योजना सञ्चालन गर्न भुषालले बुद्ध भेट सेन्टरलाई कार्यादेश दिएका थिए। भुषालले सोही योजनामा बुद्ध भेट सेन्टरलाई प्रगति प्रतिवेदन तयार पार्ने र भुक्तानी सिफासिमा सेटिङ्ग मिलाइदिने भन्दै ४ लाख रुपैयाँ घुस लिएको अनुसन्धानमा खुलेको छ।
बुद्ध भेट सेन्टरका सञ्चालक लक्ष्मी बस्यालले पनि उक्त योजना आफ्नो नाममा पार्न र भुक्तानी सेटिङ्ग मिलाइदिन ४ लाख घुस खुवाएको पुष्टी भएपछि उनलाई समेत प्रतिवादी कायम गरेर मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।