कुलमान र हितेन्द्रको रिट हेर्न नमिल्नेमा

१७ चैत्र २०८१, आईतवार १२:२२

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य दुवैको रिट हेर्न नमिल्नेमा परेको छ ।

आइतबार दुवै रिट प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश शारंगा सुवेदीको संयुक्त इजलासमा सुनुवाइमा परेको थियो । शुक्रबार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले दुवैजनाको रिट एकैठाउँमा राखेर सुनुवाइ गर्न आदेश दिएको थियो ।

कुलमानले आफूलाई पुनर्वहालीको माग गर्दै रिट हालेका छन् । शाक्यले पनि यसअघि आफूलाई गैरकानूनीरूपमा हटाइएको भन्दै दायर गरेको रिट पनि विचाराधीन छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*