पेशागत बीमा अभिकर्ता संघ नेशनल लाइफ कर्णाली प्रदेश समिति गठन, अध्यक्षमा रीता कुमारी थापा

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ बीमक समिति नेशनल लाइफ इन्स्योरेन्सको कर्णाली प्रदेश भेला सम्पन्न भएको छ । शनिवार सम्पन्न कर्णाली प्रदेशको अभिकर्ता भेलाले रीता कुमारी थापाको नेतृत्वमा २१ सदस्यीय समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा शोभा बस्नेत, इन्द्र वली र इन्द्रा रेग्मी निर्वाचित भएका छन् । साथै भेलाले समितिको सचिवमा पूर्ण समिर महतरा र सहसचिवमा क्रमशः शुष्मा शाही, करुणा वली केसी र विष्णु खड्का केसी निर्वाचित भएकी छिन् ।
साथै, समितिको महिला कोषाध्यक्षमा निर्मला बि.सी नियुक्त भएकी छिन् । समितिको सदस्यहरुमा क्रमशः पुजा थापा, तेज कुमारी गुरुङ्ग, टीका मल्ल, लोक व. वली लगायतका सदस्यहरु रहेका छन् ।
प्रमुख अतिथि पेशागत बीमा अभिकर्ता संघ केन्द्रीय उपाध्यक्ष दीपक अर्याल को समुपस्थितिमा बिशिष्ट अतिथिहरु बीमा प्राधिकरण कर्णाली प्रदेश प्रमुख निल प्रसाद लामिछाने, नेशनल लाईफ कर्णाली प्रदेश प्रमुख उमाकान्त जोशी र सुर्खेत शाखा प्रमुख बलबहादुर सिजापति हुनुहुन्थ्यो । नेशनल लाईफ अभिकर्ता सचिव शंकर लामिछाने, उपाध्यक्ष गंगा शर्मा साथै केन्द्रीय सदस्य पुष्पा खड्का, लुम्बिनी प्रदेश अध्यक्ष रबिलाल भण्डारी उपस्थित कार्यक्रममा कर्णाली प्रदेश अन्तर्गतका बिभिन्न शाखाबाट अभिकर्ताहरुको उपस्थिती रहेको थियो