जानकी र पोखरा फाइनान्स वित्तीय संकटग्रस्त अवस्थामा, राष्ट्र बैंक मौन

१७ चैत्र २०८१, आईतवार ११:५०

काठमााडौं । जानकी र पोखरा फाइनान्स पनि वित्तीयरुपमा संकटग्रस्त अवस्थामा देखिएका छन् ।

राष्ट्र बैंकले पहिलो त्रैमासमा पोखरा फाइनान्स संकटपूर्ण अवस्थामा रहेको तथ्य सार्वजनिक गरिसकेको छ। त्यस्तै, जानकी फाइनान्स पनि संकटपूर्ण अवस्थामा देखिएको छ ।

संस्थाहरुलाई समस्याग्रस्त घोषणा गरेर प्रणालीमै अत्यासको अवस्था सिर्जना गर्नुभन्दा सम्बन्धित संस्थाहरुलाई मौका दिनुपर्ने लाइनमा गभर्नर रहेका थिए ।, राष्ट्र बैंकको स्रोतका अनुसार, जानकी र पोखरा फाइनान्सलाई पनि आन्तरिक समस्या व्यवस्थापनका लागि समय दिइएको हाल देखिएका सिर्जित समस्याप्रति सञ्चालकहरु समेत गम्भीर बनेको देखिएपछि थप कारबाही गर्नुपर्ने अवस्था देखिएन ।’

केन्द्रीय बैंकको यो कदमसँगै पोखरा फाइनान्स र जानकी फाइनान्स तत्काल ठूलो नियामकीय कारबाहीबाट जोगिएका छन् । यसले ती कम्पनीका उच्च व्यवस्थापन, सञ्चालकदेखि सेयर बजारका लगानीकर्तासम्मलाई समेत राहात हुने देखिन्छ ।

चालु आ।वको दोस्रो त्रैमाससम्म आइपुग्दासम्म जानकी फाइनान्सको समेत पुँजीकोष ऋणात्मक भएको तथ्य राष्ट्र बैंकले सार्वजनिक गरेको छ। यस फाइनान्सको पुँजीकोष ०.१६ प्रतिशतले ऋणात्मक भएको छ। फाइनान्सको खराब कर्जा बढेर ४०.८९ प्रतिशत पुगेको छ।

फाइनान्सको प्राथमिक पुँजीकोष ७३ लाख ६ हजार रूपैयाँ ऋणात्मक भएको छ। यस फाइनान्सले सर्वसाधारणसँग ४ अर्ब ५५ करोड रूपैयाँ निक्षेप संकलन गरेर ३ अर्ब २१ करोड कर्जा प्रवाह गरेको छ। कुल ३ अर्ब २१ करोड कर्जामध्ये करिब ४१ प्रतिशत कर्जा फाइनान्सले उठाउन सकेको छैन।

पोखरा फाइनान्सको पनि पुँजीकोष ३.०८ प्रतिशतले ऋणात्मक छ। अघिल्लो त्रैमासमा राष्ट्र बैंकले ८ प्रतिशतले फाइनान्स पुँजीकोष ऋणात्मक रहेको तथ्य सार्वजनिक गरेको थियो। पोखरा फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा फाइनान्सको वित्तीय अवस्थामा केही सुधार भएको देखाउने प्रयास गरेको छ।जसलाई राष्ट्र बैंकले जस्ताको त्यस्तै प्रस्तुत गरेको छ।

पोखरा फाइनान्सको पुँजीकोषको अनुपात ३.०३ प्रतिशतले ऋणात्मक छ। यस फाइनान्सले पुँजोकोष २२ करोड ६८ लाख रूपैयाँले ऋणात्मक छ। पोखरा फाइनान्सको निष्क्रिय कर्जा ३३.४४ प्रतिशतले बढेकाले पुँजीकोषमा उच्च दबाब देखिएको हो। सर्वसाधारणसँग १० अर्ब ६० करोड निक्षेप संकलन गरेर यस फाइनान्सले ७९ करोड ८० लाख रूपैयाँ कर्जा प्रवाह गरेको छ।

अर्बौँ निक्षेप संकलन गरेर कर्जा प्रवाह गरेका यी फाइनान्स कम्पनीका १ तिहाइभन्दा बढी कर्जा बिग्रिँदा समेत राष्ट्र बैंक चुपचाप छ। गभर्नर महाप्रसाद अधिकारीले यी फाइनान्स कम्पनीलाई समस्याग्रस्त घोषणा गर्न आँट गर्न सकेका छैनन। कार्यकाल सकिन लागेको भन्दै उनले समस्याग्रस्त हुने संस्थामाथि कारवाहीको प्रक्रिया अगाडि नबढाउँदा जनताको बचत फिर्ता नहुने खतरा बढ्दै गएको छ।पोखरा फाइनान्सले पहिलेका सीईओलाई हटाएर नयाँ सीईओ नियुक्त गरे पनि सुधारको आश भने देखिएको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*