काठमाडौं महानगरको जरिवाना पत्र पूर्वराजा ज्ञानेन्द्रले गरे अस्वीकार

१७ चैत्र २०८१, आईतवार ११:३७

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं महानगरपालिकाले पठाएको ७ लाख ९३ हजार रुपैयाँको जरिवाना पत्र लिन अस्वीकार गरेका छन्।

गत शुक्रबार काठमाडौंमा राजावादी आन्दोलनका क्रममा भएको फोहोर र तोडफोडको मूल्याङ्कन गरेर महानगरले विभिन्न शीर्षकमा ७ लाख ९३ हजार रुपैयाँ जरिवानाको पत्र काटेको थियो।

उक्त जरिवाना पत्र लिएर निर्मल निवास पुगेका महानगर प्रहरीको टोलीलाई पत्र नलिकनै त्यहाँबाट फिर्ता पठाइएको छ।

यता सामाजिक सञ्जालमा भने पूर्वराजा ज्ञानेन्द्रलाई तोकिएको जरिवाना रकम तिर्न चन्दा संकलन अभियान नै शुरू भइसकेको छ। उक्त अभियानमा रकम समेत जम्मा भइरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*