सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?
१७ चैत्र २०८१, आईतवार १०:४५

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन आज तोलामा एक हजार ६०० रुपैयाँले बढेर हालसम्मकै उच्च बन्न पुगेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य प्रतितोला दुई हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ ।