आइतबार २५ अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

१७ चैत्र २०८१, आईतवार १०:५०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार बजारबाट २५ अर्ब रुपैयाँ तान्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत बजारबाट २५ अर्ब रुपैयाँ तान्न लागेको हो ।

केन्द्रिय बैंकले आइतबार २१ दिन अवधिको निक्षेप संकलन उपकरणको बोलकबोल हुने जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले आइतबार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।

साँवा र ब्याज भुक्तानी मिति वैशाख ७ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोलबाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*