सानिमा लिमिटेडले आईपीओ निष्कासन गर्ने

१७ चैत्र २०८१, आईतवार ०८:०२

काठमाडौं । सानिमा लिमिटेडले आईपीओ निष्कासन प्रस्ताव सहित चैत ३१ गते आइतबार विशेष साधारणसभा बोलाएको छ। सभा काठमाडौंको धुम्बाराहीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि शुरू हुनेछ।

सभाका लागि शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने, कम्पनीको जारी पूँजी वृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव तय गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*