गणतन्त्रविरुद्धको आन्दोलनका नेता दुर्गा प्रसाई भूमिगत ! आन्दोलन नरोकिने

१६ चैत्र २०८१, शनिबार २२:३०

काठमाडौं । दुई जनाको ज्यान जाने गरी पहिलो दिनमै अप्रिय घटना भएको गणतन्त्र विरोधी आन्दोलन जारी रहने भएको छ भने यसका मुख्य कमाण्डर मध्येका एक दुर्गा प्रसाई भूमिगत भएका छन् ।

प्रहरीले हिजो साँझदेखि नै तीव्र पारेको खोजी कार्य अनुसार शनिबार राति १०ः२५ बजेसम्म पक्राउ गर्न सकेको छैन । प्रसाई निकट स्रोृतका अनुसार उनी भूमिगत भइसकेका छन् । राजावादी आन्दोलनका एक नेताले बीमापोष्टलाई जनाए अनुसार प्रसाई भूमिगत भइसकेका छन् । प्रसाईले अब भूमिगत रुपमाबाटै आन्दोलन परिचालन गर्नेछन् ।

प्रहरी सुरक्षाकर्मीले पछिल्लो लोकेशन ललितपुरको इमाडोल भएको पत्ता लगाएर खोजी कार्य तीव्र पारिरहेको छ । यद्यपि उनको गाडी सहित बेपत्ता भएका छन् ।

उता, राजावादीहरुले सुरु गरेको आन्दोलन तत्काल नरोकिने भएको छ । एक नेताले जनाए अनुसार आज शनिबार घोडेजात्राको लागि आन्दोलन स्थगित गरिएको थियो । भोलिदेखि फेरि शान्तिपूर्ण आन्दोलन सुरु हुनेछ ।

शुक्रबारको अप्रिय घटनापछि आन्दोलनको अबको स्वरुप कस्तो होला भन्ने तीव्र चासो बढिरहेको छ । आन्दोलनकारीहरुले भने भोलिदेखि थप आन्दोलन जारी राख्ने जनाएका छन् । उनीहरुले भोलिदेखि आन्दोलन पूर्ण रुपमा शान्तिपूर्ण हुनेछ । प्रहरीले दमन गरेमा सोही अनुसार जवाफ दिने तयारी गरेपनि घुसपैठ रोक्न थप प्रभावकारी कदम चालिने जनाएको छ ।

फाइल तस्विर

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*