बीमा प्राधिकरणका उप-निर्देशक भट्टको उजुरी शाखाबाट कानुन शाखामा सरुवा

काठमाडौं । विगत पाँच वर्षदेखि नेपाल बीमा प्राधिकरणको उजुरी शाखामा रहेर काम गर्दै आएका उपनिर्देशक बिरोध भट्ट कानुन शाखामा सरुवा भएका छन् ।
बीमा प्राधिकरणका कर्मचारीको बढुवाका कारण रिक्त भएको पद तथा नयाँ अध्यक्षको आगमनसँगै उजुरी शाखामा रहेर बीमितहरुलाई न्याय दिलाउन सक्रिय भट्टको कानुन शाखामा सरुवा भएका हुन् । बेलायतबाट बाणिज्य कानुनमा स्नातकोत्तर उत्तिर्ण गरेका भट्टल २०७५ सालदेखि बीमा प्राधिकरणको उजुरीमा शाखामा रहेर बीमितहरुलाई न्याय दिलाउने कार्यमा सहभागी हुँदै आएका थिए ।
उप निर्देशक भट्टले अबदेखि कानुन शाखा प्रमुखको रुपमा काम गर्ने छन् । कानुन शाखाका उप निर्देशक शाम्बराज लामिछाने निर्देशक बढुवा भएपछि सो शाखाको जिम्मेवारी भट्टलाई दिइएको हो ।
२०७५ साल साउनदेखि उजुरी शाखामा रहेर काम गर्दै आएका भट्टले यस अवधीमा करिब पाँच सय वटाभन्दा बढि बीमितहरुले दायर गरेको मुद्दाहरु फैसला तयार पारी बीमा कानुनको व्याख्या, विश्लेषण तथा बीमा प्राधिकरणको इजलाशलाई सहयोगी भूमिका निर्वाह गर्दै आएका थिए ।
बरषौ देखीको मुदा जसताको इसतै
सिरीयल ३८
Lic Nepal को अपराध