नेपाल माइक्रो, क्रेस्ट माइक्रो र ओम मेगा श्री फर्मास्यूटिकल्सको पहिलो कारोबार कतिमा होला ?

१६ चैत्र २०८१, शनिबार २०:१८

काठमाडौं । सर्वसाधारणलाई आइपीओ निष्काशन गरिसकेका नेपाल माइक्रो इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेगा श्री फर्मास्यूटिकल्सको दोस्रो बजारमा कारोबार हुन बाँकि रहेको छ ।
यी तीन कम्पनीको आइपीओ बाँडफाँटपश्चतात् दोस्रो बजारमा सूचीकृत हुन बाँकी छ । दोस्रो बजारमा सूचीकृत गनै तयारीमा यी तीन कम्पनी रहेका छन् । सूचीकृत भएपछि मात्र यी कम्पनीका आईपीओ खरीदकर्ताहरुले कारोबार गर्न पाउनेछन् ।

प्राथमिक बजारमा यी तीनओटै कम्पनीको शेयरमूल्य १०० रुपैयाँ थियो । दोस्रो बजारमा भने सूचीकृत पछि पहिलो कारोबार मूल्य सम्बन्धित कम्पनीहरुको वास्तविक प्रतिशेयर नेटवर्थका आधारमा निर्धारण हुन्छ । बजार सञ्चालकले वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा त्यसको तीन गुणासम्मको मूल्य रेञ्ज पहिलो कारोबारका लागि तोक्दै आएको छ ।

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको वास्तविक प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ ८६ पैसा, नेपाल माइक्रो इन्स्योरेन्सको १०० रुपैयाँ ८० पैसा र ओम मेगा श्री फर्मास्यूटिकल्सको ९० रुपैयाँ १७ पैसा रहेको छ । वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको पहिलो कारोबार मूल्य न्यूनतम प्रतिकित्ता १०० रुपैयाँ ८६ पैसादेखि अधिकतम मूल्य प्रतिकित्ता ३०२ रुपैयाँ ५८ पैसा तोक्ने देखिन्छ ।

त्यस्तै नेपाल माइक्रो इन्स्योरेन्सको प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ ८० पैसादेखि अधिकतम ३०२ रुपैयाँ ४ पैसा र ओम मेगाश्री फर्मास्यूटिकल्सको न्यूनतम प्रतिकित्ता ९० रुपैयाँ १७ पैसादेखि अधिकतम २७० रुपैयाँ ५१ पैसासम्मको पहिलो कारोबार मूल्य नेप्सेले तोक्ने देखिन्छ । यी कम्पनीमध्ये ओम मेगाश्री फर्मास्यूटिकल्सको वास्तविक प्रतिशेयर नेटवर्थ आर्थिक वर्ष ०८०÷८१ सम्मको रहेको छ भने बाँकी दुई कम्पनीको अर्थिक वर्ष ०७९/८० सम्मको रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*