एलआइसी नेपालको पेशागत बीमा अभिकर्ता संघ केन्द्रिय समिति गठन, अध्यक्षमा राम कुमार अधिकारी

काठमाडौ । पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति एलआइसी नेपालको अध्यक्षमा राम कुमारी अधिकारी निर्वाचित भएका छन् । शनीवार मधेश प्रदेशको जनकपुर धाममा भएको अधिवेशनले अधिकारीको नेतृत्वमा २२ सदस्यीय बीमक समिति चयन गरेको हो ।
समितिको बरिष्ठ उपाध्यक्षमा डिल्ली प्रसाद गड्तोला, उपाध्यक्षमा क्रमशः गणेश प्रसाद साह, रामचन्द्र ढकाल, गोबिन्द प्रसाद गिरी र सचिवमा बैजनाथ चौधरी निर्वाचित भएका छन् ।
समितिको कोषाध्यक्षमा रमेश कुमार लामिछाने, सहसचिवमा इन्द्र बहादुर थापा, हरेन्द्र लुइटेल, हरेन्द्र पटेल र कोपिला बस्नेत निर्वाचित भएकी छिन् । साथै सहकोपाध्यक्षमा कल्पना खड्का निर्वाचित भएकी छिन् ।
समितिको सदस्यहरु क्रमशः शंकर तेली गुप्ता, ओम प्रकाश मन्डल, पुरन हितङ्गा, सन्तोषी महतो, दिपक कुमार पासी, नितेश कुमार प्रसाद, किशोरी पञ्जियार, चोक बहादुर भन्डारी, विन्दु कुमार श्रेष्ठ, दिनेश कुमार मौर्य सर्बसम्मत निर्बाचित भएको कानुन ब्याबसायि तथा निर्बाचन अधिकृत अधिबक्ता केसब कुमार यादवले जानकारी दिए ।
अधिबेशन परिचालन कमिटी बीमक समिति उपाअध्यक्ष तथा संयोजक राम प्रसाद आचार्यले देसभरीबाट उत्साहजन १७६ जना भन्दा बढी अभिकर्ताको उत्साह जनक उपस्थिथिमा निर्वाचन सम्पन भएको जानकारी दिदैँ नव–निर्वाचित अध्यक्ष लगायत सम्पुण पदाधिकारीहरुलाइ सोही कार्यक्रममा सफथ ग्रहण समेत गराएका छन् ।