ज्ञानेन्द्र शाहलाई सात लाख ९३ हजार रुपैयाँ तिर्न आदेश

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजा हुने भन्दै आन्दोलन गरेका ज्ञानेन्द्र शाहलाई सात लाख ९३ हजार रुपैयाँ जरिवना तिर्न आदेश दिएको छ ।
काठमाडौं महानगरपालिकाले विभिन्न क्षेत्रमा फोहोर गरेको, सार्वजनिक सम्पत्ति तोडफोड गरेको भन्दै जरिवना तिर्न भनेको हो । आज काठमाडौं महानगरपालिकाले काटेको पत्रमा विभिन्न ९ स्थानमा तोडफोड, फोहोर गरेको भन्दै जरिवना तिर्न भनेको हो ।
काठमाडौं महानगरपालिकाले काटेको पत्रमा तोकिएको जरिवना यस्तो छ ।
१) कोटेश्वर क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
२) महादेवस्थान क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
३) तीनकुने क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
४) जडीबुटी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
५) बालकुमारी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
६) सिनामंगल क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
७) महानगरको दमकल फुटाएको– १ लाख ३० हजार
८) तीनकुने क्षेत्रको रुख, बिरुवा र रेलिङ तोडफोड– ४० हजार
९) तीनकुनेको आइल्याण्डमा तोडफोड– २३ हजार