साताको शेयर बजार कस्तो रह्यो ?

१६ चैत्र २०८१, शनिबार १४:१७

काठमाडौं । यस साता नेप्से परिसूचक सामान्य घटेर बन्द भएको छ। गत साता २६६९।३१ विन्दुमा बन्द भएको नेप्से, यस साता ०।२३ प्रतिशत अर्थात ६।०१ अंक घटेर २६६३।३० विन्दुमा झरेको छ।यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने २ कारोबार दिन घटेर बन्द भएको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स १।४१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०।७२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०।४२ अंक घटेको छ।

नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ५ अर्ब २६ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब ८ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ३।३७ प्रतिशत घटेको हो। यस साता दैनिक औषत शेयर संख्या १।६६ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ०।२७ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि सामान्य घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब ३२ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ९ अर्ब रुपैयाँ घटेर ४४ खर्ब २२ अर्ब रुपैयाँमा झरेको छ।

यस साता १३ वटा उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३।२८ प्रतिशत बढेको छ। गत साता ४१६७।८४ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १३६।७१ अंक बढेर ४३०४।५५ विन्दुमा पुगेको छ। यस साता अन्य उपसमूहको परिसूचक करिब २ प्रतिशत बढेको छ भने जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूहको परिसूचक सामान्य बढेको छ।

यस साता विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २।३४ प्रतिशत घटेको छ। गत साता ५६३२।८२ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १३२।०७ अंक घटेर ५५००।७५ विन्दुमा झरेको छ। अंकका आधारमा भने यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १७६।८४ अंक घटेको छ।

यस साता नेप्सेमा ११ कम्पनीको २ करोड ७ लाख ९४ हजार ५०३।२० कित्ता शेयर सूचीकृत भएको छ। यस साता सपोर्ट लघुवित्त, सूर्योदय वोमी लघुवित्त, मेरो माइक्रोफाइनान्स लघुवित्त, सर्वोत्तम सिमेन्ट, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, कुथेली बुखरी स्मल हाइड्रोपावर, सुपर माइ हाइड्रोपावर, चिलिमे हाइड्रोपावर, सांग्रीला डेभलपमेन्ट बैंक, माउन्टेन इनर्जी नेपाल र महालक्ष्मी विकास बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

 

यस साता गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक १२।८६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन प्रभु स्मार्ट फण्डको इकाईमूल्य ८।५४ प्रतिशत र श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको शेयरमूल्य ७।७१ प्रतिशत बढेको छ। कारोबारमा आएको अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य सर्वाधिक १५।३८ प्रतिशत घटेको छ। त्यसैगरी, यस साता नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य १४ प्रतिशतभन्दा बढी घटेको छ भने मिथिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १२ प्रतिशतभन्दा बढी घटेको छ।

 

फ्लोरसिट विश्लेषण गर्दा यस साता ९ प्रतिशत आईसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८८, बाराही हाइड्रोपावर, स्वरोजगार लघुवित्त वित्तीय संस्था लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी, हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको संस्थापक शेयर, मिथिला लघुवित्त वित्तीय संस्था लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*