भोलि बिहान ७ बजेसम्मका लागि यी स्थानमा कर्फ्युको समय थप

१५ चैत्र २०८१, शुक्रबार २२:२१

काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले काठमाडौंमा जारी कर्फ्युको समय थपेको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार भोलि ९शनिबार० बिहान ७ बजेसम्मका लागि कर्फ्युको समय थप गरिएको हो।

राजावादीहरूको प्रदर्शन उग्र बनेपछि प्रशासनले काठमाडौंको तीनकुनेसहितका क्षेत्र तोकेर आज राति १० बजेसम्मका लागि कर्फ्यु आदेश गरेको थियो ।

शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्मका पाँच स्थान तोकेर जारी भएको कर्फ्यु आदेश भोलि बिहान ७ बजेसम्मका लागि थप भएको हो ।

कफ्र्यु आदेश जारी गर्नुअघि प्रहरीले माइकिङ गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*