आगजनीका कारण बन्द भएको विमानस्थल सञ्चालन सुचारु

१५ चैत्र २०८१, शुक्रबार १८:३७

काठमाडौं । राजावादी आन्दोलनकारीले विभिन्न स्थानमा आगजनीका कारण बन्द भएको विमानस्थल सञ्चालन सुचारु भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता रिञ्जी शेर्पाकाअनुसार कोटेश्वर, सिनामंगललगायत क्षेत्रमा आगलागीपछि प्रदुषण तथा पूर्व सावधानीका कारण केही समय उडान तथा अवतरण रोकिएको हो ।

‘हामीले पूर्व सावधानीका लागि एयरपोर्ट बन्द गरेका थियौं, अहिले सूचारु भएको छ,’ उनले भने ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*