घाँटीमा गोली लागेका राजावादी प्रदर्शनकारी युवकको उपचारका क्रममा मृत्यु
१५ चैत्र २०८१, शुक्रबार १८:२६

काठमाडौं । शुक्रबार दिउँसो भएको राजावादी प्रदर्शनका क्रममा घाइते भएका २९ वर्षीय सविन महर्जनको उपचारका क्रममा मृत्यु भएको छ । गृह मन्त्रालयका सहसचिव छवि रिजालका अनुसार कीर्तिपुर निवासी महर्जनलाई त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
महर्जनको घाँटीमा गोली लागेको अवस्थामा अस्पताल ल्याइएको थियो । शुक्रबारको प्रदर्शन हिंसात्मक बनेपछि कर्फ्यु लगाइएको थियो । सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप हुँदा कयौं व्यक्ति घाइते भएका छन् । गृहमन्त्रालयले सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्याउने व्यक्तिहरूलाई कानुनी कारबाही गर्ने जनाएको छ ।