राजावादी आन्दोलनले १५ सुरक्षाकर्मी र १५ प्रदर्शनकारी घाइतेः गृहमन्त्रालय

१५ चैत्र २०८१, शुक्रबार १८:२२

काठमाडौं । गृहमन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै राजावादी आन्दोलनका क्रममा १५ सुरक्षाकर्मी र १५ प्रदर्शनकारी घाइते भएको जनाएको छ ।

मन्त्रालयका अनुसार प्रदर्शन हिंसात्मक बन्दै जाँदा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको थियो । गृहमन्त्रालयले प्रदर्शनले सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्याएको भन्दै कानुनी कारबाही हुने चेतावनी दिएको छ ।

सुरक्षाकर्मीमाथि आक्रमण गर्नु कानुनी रूपमा गम्भीर अपराध भएको भन्दै दोषीहरूलाई कडा कारबाही गरिने बताइएको छ ।आज ५ हजार सुरक्षाकर्मी खटिएका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*