सरकारले कर्फ्यु आदेश जारी गरेसँगै काठमाडौंको सडकमा सेना
१५ चैत्र २०८१, शुक्रबार १७:३५

काठमाडौं । सरकारले कर्फ्यु आदेश जारी गरेसँगै नेपाली सेनाको टोली काठमाडौंका मुख्य सडकहरूमा परिचालन गरिएको छ । राजावादी समूहको प्रदर्शन हिंसात्मक बनेपछि सुरक्षा व्यवस्था कडा पारिएको हो ।
शुक्रबार दिउँसो तीनकुने क्षेत्रमा भेला भएका प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेपछि स्थिति जटिल बनेको थियो । परिस्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले केही स्थानहरूमा कर्फ्यु आदेश जारी गरेपछि सेना सडकमा खटिएको हो ।
कर्फ्यु लागु भएसँगै काठमाडौंका संवेदनशील स्थानहरूमा सुरक्षा निकायको बाक्लो उपस्थिति देखिएको छ । प्रशासनले आम नागरिकलाई तोकिएको क्षेत्रभित्र आवतजावत नगर्न र निषेधाज्ञा पालना गर्न अनुरोध गरेको छ ।