बीमा दोकानको दोस्रो संस्करणको फुटसल टुर्नामेन्ट बैशाखमा हुने, प्रथम हुने टीमलाई ३५ हजार पुरस्कार

१५ चैत्र २०८१, शुक्रबार १७:२३

काठमाडौं । बीमा दोकानले ‘स्वास्थ्यका लागि खेल र बीमाका लागि सहकार्य’ भन्ने मुल नाराका साथ दोस्रो संस्करणको इन्स्योरेन्स कप फुटसल टुर्नामेन्ट २०८२ सञ्चालन गर्ने भएको छ ।

संस्थाका सीईओ इश्वर श्रेष्ठले उक्त कार्यक्रम आगामी बैशाख ७ र ८ गते सञ्चालन हुने बताएका छन् । फुटसल कार्यक्रम काठमाडौंको धन्वनतरी, कालोपुलमा आयोजना हुने संस्थाले जनाएको छ । फुटसल कार्यक्रममा जीवन र निर्जीवन बीमा कम्पनीका कर्मचारीहरु सहभागी हुने संस्थाले जानकारी दिएको छ ।

आयोजनामा प्रथम स्थान हासील गर्ने समुहले ३५ हजार रुपैयाँ र दिर्तीय स्थान हासिल गर्ने टिमले १५ हजार पुरस्कार पाउने संस्थाका सीईओ इश्वर श्रेष्ठले बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*