कोटेश्वर भाटभटेनी सुपरस्टोरमा तोडफोड र लुटपाट
१५ चैत्र २०८१, शुक्रबार १६:५४

काठमाडौँ । काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरमा प्रदर्शनकारीहरूले लुटपाट र तोडफोड गरेका छन्।
राजावादी समूहको प्रदर्शन बिथोलिएपछि तितरबितर भएका प्रदर्शनकारीहरू सुपरस्टोरका सुरक्षागार्डलाई कुटपिट गर्दै जबरजस्ती प्रवेश गरेका थिए। उनीहरूले स्टोरभित्रका सामान तोडफोड गर्नुका साथै केही सामग्री बाहिर निकालेर आगजनी गरेका छन्।
त्यसैगरी, सोही समूहले तीनकुनेस्थित आलोकनगरमा रहेको नेकपा एकीकृत समाजवादीको कार्यालयमा समेत आगजनी गरेको छ।
अहिले सो क्षेत्रमा कर्फ्यु आदेश भइसकेको छ ।