राजावादी आन्दोलनकारीद्वारा नेकपा एसको पार्टी कार्यालय तोडफोड, आगो लगाइयो

१५ चैत्र २०८१, शुक्रबार १५:५९

काठमाडौं । काठमाडौंको आलोकनगरस्थित नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालयमा राजावादी कार्यकर्ताले तोडफोड गरेका छन्। उनीहरूले कार्यालय भित्रको कोठामा आगो समेत लगाएका छन्।

राजावादीको एक समूहले पार्टीको कार्यालयमा ढुंगा र इँटा प्रहार गर्दै तोडफोड गरेका हुन्। घटनापछि प्रहरी घटनास्थलमा पुगेको छ र स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको जानकारी प्राप्त भएको छ।

यस घटनामा पार्टी कार्यालयको क्षति भएको छ र प्रहरी अनुसन्धान जारी रहेको स्रोतले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*