प्रचण्डको प्रश्न, ‘प्रधानमन्त्री केपी ओली राजावादीसँग मिलेको हो ?’

काठमाडौं । माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओली राजावादीसँग मिलेको प्रश्न उठाएको बताएका छन्। उनले आज काठमाडौंमा आयोजित प्रदर्शनमा बोल्दै यस्तो दाबी गरेका हुन्।
प्रचण्डले भने, ‘पहिला पनि उहाँ मिल्न चाहन्थे। बहिलगाडा केपी ओलीको सिद्धान्त हो। अहिले उल्टो काम गरेर राजावादीलाई साथ दिएको त होइन भन्ने प्रश्न उठेको छ।’ उनले ओलीको वर्तमान कदमलाई आलोचना गर्दै, ‘दलाल पुँजीवादीलाई गाड्नु पर्छ। जबसम्म यसलाई गाड्न सकिदैन तबसम्म व्यवस्थामा सुधार देखिदैन।’
प्रचण्डले दलाल पुँजीवाद र बिचौलियाहरूको हाबी भएको कुरा समेत उठाए, ‘अब अर्को आन्दोलन दलाल पुँजीवादीलाई अन्त्य गर्नु पर्छ।’ उनले थपे, ‘गणतन्त्रवादीले केही कमजोरी गरेको हुँदा दलाल पुँजीवादी र बिचौलियाहरू हाबी भएका छन्। सरकार दलालका लागि काम गर्ने मात्र भएको छ, जसका कारण जनता रुष्ट भएका छन्।’
उनले सरकारको गति भनेको उधो रहेको बताएका छन् र चेतावनी दिएका छन्, ‘सरकार उल्टो गति चल्यो भने दलाल पुँजीविरोधी संघर्ष अझ तीव्र हुनेछ।’