राजावादी आन्दोलनमा घुसपैठ भयोः स्वागत नेपाल
१५ चैत्र २०८१, शुक्रबार १५:२४

काठमाडौं । आज तीनकुनेमा भएको अप्रिय घटनामा सरकारी तत्वहरुले घुसपैठ गरेको राजवादी आन्दोलनका प्रबक्ता स्वागत नेपालले जनाएका छन् ।
प्रबक्ता स्वागत नेपालले आफूहरुको कार्यक्रम शान्तिपूर्ण आमसभा गर्ने रहेको बताउँदै राजावादीहरुको आवरणमा सरकारले घुसपैठ गरेर अराजकता मच्चाउने तत्वहरुले अप्रिय घटना घटाएको दावी गरेका छन् ।
बीमापोष्टलाई संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘हामी शान्तिपूर्ण आन्दोलनको पक्षमा छौं । व्यक्तिको घरमा आगजानी र तोडफोड गर्ने तथा प्रहरीमाथि जाईलाग्ने नीति छैन ।’