तीनकुनेमा प्रदर्शनकारीले खोसे प्रहरीको बन्दुक
१५ चैत्र २०८१, शुक्रबार १५:१३

काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा राजावादी प्रदर्शन उग्र बनेपछि प्रदर्शनकारीहरूले सुरक्षाकर्मीको बोकेको बन्दुक खोसेका छन्।
भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। प्रदर्शनको बीचमा तीनकुनेस्थित एक घरमा आगजनी भएको घटनाले स्थिति अझ तनावपूर्ण बनाएको छ।
आगो निभाउन पुगेको एम्बुलेन्समाथि प्रदर्शनकारीहरूले ढुंगा र इँटा प्रहार गरेका छन्, जसका कारण स्थानमा तनाव बढेको छ।