ब्यवस्था परिवर्तनको आन्दोलन उग्र नै हुन्छ, यो रोकिने वाला छैनः मिश्र

१५ चैत्र २०८१, शुक्रबार १५:०७

काठमाडौं  । राप्रपा नेता रविन्द्र मिश्रले ब्यवस्था परिवर्तनका लागि भइरहेको आन्दोलनलाई उग्र र निरन्तर जारी रहने बताएका छन्।

तीनकुनेमा राजावादीहरूको प्रदर्शन स्थलमा बोल्दै मिश्रले २०४६ को जनआन्दोलनको संकेत गर्दै आन्दोलनको उग्रता नरोकिने बताए। उनले भने, ‘ब्यवस्था परिवर्तनको आन्दोलनले धनजनको क्षति हुने छ, र त्यो जिम्मा सरकारको हो।’

प्रहरीमाथि भएको कुटपिटको घटनाबारे बोल्दै मिश्रले भने, ‘सरकारलाई बचाउन प्रहरीलाई लड्न परेको छ। त्यसैले आन्दोलनका क्रममा उत्पन्न समस्या र संघर्षको जिम्मा सरकारले लिनु पर्छ।’

उनले निरन्तर लडाइँ जारी राख्ने आफ्नो पक्षको धारणा पनि व्यक्त गरे।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*