काठमाडौंको तीनकुनेको अवस्था तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
१५ चैत्र २०८१, शुक्रबार १५:००

काठमाडौं । काठमाडौंको तीनकुनेको अवस्था तनावग्रस्त बनेको छ । राजाबादी समर्थकहरुले उग्र रुप लिदै प्रहरीमाथी समेत आक्रम गरेका यछन् ।
राजावादी समर्थकहरुले आगो निभाउन गएको दमकललाई समेत ढुङ्गा मुढा प्रहार गरेका छन् । उनीहरुले तीनकुनको अवस्था तनाबग्रस्त बनाएपछि प्रहरीले हवाइ फायर गरेको छ ।
प्रहरीले अहिले चारैतिरबाट उग्र बनेका राजावादी समर्थकहरुलाई नियन्त्रणमा लिने प्रयास गरीरहेको छ ।