राजावादीबाट प्रहरी कुटिए, आगो निभाउन गएको दमकलमा समेत तोडफोड

काठमाडौँ । तीनकुने क्षेत्रमा जारी राजावादी प्रदर्शन उग्र बनेको छ। प्रदर्शनकारीहरूले आगो निभाउन गएको प्रहरी टोलीलाई इटा र ढुंगा प्रहार गर्दै कुटपिट गरेका छन्। घटनामा १० देखि १२ जना प्रहरी घाइते भएका छन्।
कुटपिटमा परेको प्रहरी टोलीले हात माथि गर्दै आत्मसमर्पण गरेको थिए । त्यसपछि प्रहरीले घेरा हाल्दै प्रदर्शनकारीलाई लखेट्ने प्रयास गरेको छ। स्थिति बिग्रिएको कारण सुरक्षाकर्मीलाई थप बल प्रयोग गर्न मजबुर गराएको छ।
प्रदर्शनकारीहरूले आगो निभाउन गएको दमकललाई समेत तोडफोड गरेका छन्। दमकलकर्मी र अन्य सुरक्षाकर्मीहरूको प्रयासलाई विफल पार्न प्रदर्शनकारीहरूले बर्बरता देखाएका छन्।
प्रदर्शनकारीहरूको आक्रमणपछि प्रहरीको भुमिका कमजोर बनेको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिन कडाइ गर्ने प्रयास गरिरहेको छ, तर प्रदर्शनकारीहरूको आक्रमकता र संख्या बढ्दा सुरक्षाकर्मीको चुनौती थपिएको छ।