राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईंलाई पक्राउ
१५ चैत्र २०८१, शुक्रबार १४:२६

काठमाडौं । राजावादी आन्दोलनका अगुवा तथा व्यवसायी दुर्गा प्रसाईलाई प्रहरीले पक्राउ गरेको छ। निषेधित क्षेत्र तोड्न खोजेपछि सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिएको हो।
प्रसाईलाई नियन्त्रणमा लिएपछि तीनकुने क्षेत्रमा स्थिति थप जटिल बनेको छ। उनका समर्थकहरू आक्रोशित हुँदै नाराबाजी गरिरहेका छन्। प्रहरीले भिड नियन्त्रण गर्न अश्रुग्यास प्रहार गर्दै प्रदर्शनकारीलाई तितरबितर पार्ने प्रयास गरिरहेको छ।
प्रसाईको पक्राउपछि प्रदर्शनकारीहरूले थप आक्रामक रूपमा अघि बढ्ने चेतावनी दिएका छन्। केही स्थानमा ढुंगामुढा भएको छ भने सुरक्षाकर्मीहरूले भीडलाई नियन्त्रणमा लिन कडाइ गरिरहेका छन्।