तीनकुनेमा राजावादी प्रदर्शन उग्र, ब्यक्तिका घरहरु तोडफोड

१५ चैत्र २०८१, शुक्रबार १४:२१

काठमाडौं । काठमाडौंको तीनकुनेमा जारी राजावादी प्रदर्शन उग्र बनेपछि स्थिति तनावग्रस्त भएको छ। प्रदर्शनकारीहरूले सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरी स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।

प्रदर्शनकारीहरूले तीनकुने आसपासका केही घरहरूबाट प्रहरीको अश्रुग्यास प्रहार भएको दाबी गर्दै आक्रोश पोखेका छन्। सोही कारण केही व्यक्तिहरूले तोडफोड गरेका छन् भने प्रदर्शनकारीहरूले सडकमा ढुंगा–इँटा प्रहार गरेका छन्।

स्थिति नियन्त्रणभन्दा बाहिर जाने संकेत देखिएपछि प्रहरीले कडाइ गरेको छ। भीडलाई तितरबितर पार्न पानीको फोहोरा प्रयोग गरिएको छ भने लगातार अश्रुग्यास प्रहार भइरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*