म्यानमारमा ७.७ रेक्टर स्केलको शक्तिशाली भूकम्प
१५ चैत्र २०८१, शुक्रबार १३:२४

काठमाडौं । म्यानमार केन्द्रविन्दु भएर ७.७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ।
अमेरिकी जियोलोजिकल सर्वेले ७.७ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिएको हो।
भूकम्पपछि म्यानमारको सडकमा मानिसहरू एकत्र भएका छन्। उक्त भूकम्पको धक्का थाइल्याण्डको राजधानीसम्म महसूस गरिएको छ।