बाणिज्य विभागद्वारा बजाज मोटरसाइकल बिक्रीमा रोक

१५ चैत्र २०८१, शुक्रबार १२:३८

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजाज मोटरसाइकल बिक्रीमा रोक लगाएको छ।

विभागले चैत १४ गते बिहीबार बजाज मोटरसाइकलको बिक्री प्रबन्धक हंसराज हुलासचन्द्र एण्ड कम्पनी प्रा.लि. मा निरीक्षण गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम अनियमितता भेटिएको भन्दै उक्त कम्पनीलाई कारवाही गरेको हो।

विभागले बजाज मोटरसाइकल बिक्री रोक लगाउनुका साथै कम्पनीलाई आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिएको छ। उपभोक्ता हित संरक्षणलाई ध्यानमा राख्दै विभागले यस्तो निर्णय लिएको जनाएको छ।

उक्त कम्पनीमा उद्योगपति शेखर गोल्छाको ५३ प्रतिशत स्वामित्व रहेको छ। विभागले निरीक्षणका क्रममा उपभोक्तासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा थप अध्ययन गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*