सिटिजन लाइफको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

१५ चैत्र २०८१, शुक्रबार १२:३०

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको हो।

सभाले चुक्ता पूँजीको २६.९८४१२६९८ प्रतिशत बोनस शेयर र १.४२०२२ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको छ।

त्यस्तै बोनस शेयर बाँडेपछि चुक्ता पूँजी ५ अर्ब पुग्ने भएकाले सोही बमोजिम कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने, खर्च अनुमोदन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित भएको छ। त्यसैगरी सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषयपनि सभाले टुङ्ग्याएको छ।

सभा प्रयोजनार्थ सिटिजन लाइफले फागुन २८ गते बुक क्लोज गरेको थियो। यसर्थ फागुन २७ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*