नेपाल एसबिआई बैंकका ग्राहकलाई दुसित थानी रिसोर्ट र होटल क्रिष्टल पशुपतिमा छुट

१५ चैत्र २०८१, शुक्रबार ११:३५

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडका डेबिट कार्ड र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले दुसित थानी हिमालयन रिसोर्ट र होटल क्रिष्टल पशुपतिमा विशेष छुट सुविधा पाउने भएका छन्।

यस सम्झौता अन्तर्गत बैंकका ग्राहकले रिसोर्टको खाद्य तथा पेय पदार्थ र अन्य सुविधाहरूमा १५ प्रतिशतसम्म छुट पाउनेछन्।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा र दुसित थानी हिमालयन रिसोर्टकी सह निर्देशक (सेल्स एण्ड मार्केटिङ) सितु श्रेष्ठबीच सम्झौतापत्र आदानप्रदान भएको हो।

त्यस्तै होटेल क्रिस्टल पशुपतिसँग पनि खाद्य तथा पेय पदार्थ र आवास सुविधामा २० प्रतिशतसम्म छुट सम्झौता भएको बैंकले जानकारी दिएको छ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कुमार पंडा र होटेल क्रिस्टल पशुपतिका निर्देशक (सेल्स एण्ड मार्केटिङ) रोशन सुवाल बीच सम्झौतापत्र आदानप्रदान भएको थियो।

सम्झौता कार्यक्रम केन्द्रीय कार्यालयमा भएको थियो । उक्त कार्यक्रममा बैंकका प्रमुख संचालन अधिकृत विकास आनन्द, बैंकका सल्लाहकार छपि राज पन्त र बैंक तथा होटेलका अन्य उच्च पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो।

नेपाल एसबिआई बैंकले बिगत ३१ वर्षदेखि बैकिङ सेवा प्रदान गर्दै आइरहेकोे छ। हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखा रहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटीएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*