काठमाडौंमा राजनीतिक प्रदर्शनका कारण चौतर्फी सवारी जाम

काठमाडौँ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज आयोजना हुने राजनीतिक प्रदर्शनका कारण सवारी आवागमन प्रभावित भएको छ। ट्राफिक प्रहरी कार्यालयका अनुसार राजधानीका केही मुख्य मार्गहरूमा बिहानैदेखि सवारी जाम बढेको हो ।
विशेषगरी तीनकुने र भृकुटीमण्डप क्षेत्रमा सवारी चाप बढेको छ । तीनकुनेमा राजावादी समूहको प्रदर्शन तथा भृकुटीमण्डपमा गणतन्त्र पक्षधरहरूको विरोध कार्यक्रम सुरु भइरहेको छ। ट्राफिक व्यवस्थापन सहज बनाउन एक हजार ८०० ट्राफिक प्रहरी परिचालन गरिएको छ ।
यसका साथै, रत्नपार्क, डिल्लीबजार, पुतलीसडक, बागबजार, एयरपोर्ट, गौशाला, सिनामंगल, कोटेश्वर, र बानेश्वर क्षेत्रमा पनि सवारी चाप उच्च रहेको छ ।
यात्रा गर्दा असहजता हुन नदिन ट्राफिक प्रहरीले अतिरिक्त समय लिएर यात्रा योजना बनाउन आग्रह गरेको छ।