सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?

१५ चैत्र २०८१, शुक्रबार १०:३३

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन आज तोलामा एक हजार ४०० रुपैयाँले बढेर हालसम्मकै उच्च बन्न पुगेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला २ हजार ४०० रुपैयाँ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*