एसईई दिने विद्यार्थी अलपत्र परे बालेनले उद्धार गर्ने

१५ चैत्र २०८१, शुक्रबार ०९:३३

काठमाडौं । आज काठमाडौंमा राजावादी र गणतन्त्रवादीहरूको शक्ति प्रदर्शनका कारण एसईई दिएका विद्यार्थी अलपत्र परेमा काठमाडौंका मेयर बालेन शाहले उद्धार गर्ने भएका छन्।

आज गणतन्त्रवादीहरूले भृकुटीमण्डप एरिया र राजावादीहरूले तीनकुने एरियामा विशाल जनप्रदर्शन गर्ने तयारी गरेका छन्। जसकारण आज काठमाडौंका ट्राफिक व्यवस्था अस्तव्यस्त हुने र सवारी साधन जाममा पर्ने सम्भावना उच्च रहेको छ।

यसैलाई मध्यनजर गर्दै एसईई दिएका परीक्षार्थीहरूलाई गन्तव्यमा पुग्न सवारी साधन उपलब्ध नभएमा वा अन्य कुनै समस्या परेमा उनीहरूको उद्धार गर्न काठमाडौं महानगरपालिकाले महानगर प्रहरी परिचालन गर्ने निर्णय गरेको हो।

यसका लागि महानगरपालिकाले बानेश्वर, रत्नपार्क, नयाँ बसपार्क र टेकु एरियामा नगर प्रहरी परिचालन गरेको जानकारी दिएको छ। अप्ठेरोमा परेका विद्यार्थीहरूले सीधै सम्पर्क गर्न सकियोस् भनेर नगर प्रहरी परिचालन गरिएको महानगरले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*