प्रतिकित्ता १८५ रुपैयाँमा आइजीआई प्रुडेन्सियलको ८० हजार शेयर बिक्रीमा, सबैले किन्न पाउने

१५ चैत्र २०८१, शुक्रबार ०९:०२

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले ८० हजार कित्ता संस्थापक शेयर लिलाम प्रक्रिया मार्फत् बिक्रीमा राखेको छ। कम्पनीले यी शेयर सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १८५ रुपैयाँ तोकिएको छ। खरीदकर्ताले बोलपत्र पेश गर्दा सम्पूर्ण कित्ता खरीदका लागि आवेदन दिनु पर्नेछ।

यसमा आज चैत १५ गतेदेखि चैत १८ गतेभित्र आवेदन दिइसक्नु पर्नेछ। बोलपत्र फाराम काठमाडौंको कमलादीस्थित बिक्री प्रबन्धकको कार्यालयमा उपलब्ध हुनेछ।

कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*