प्रहरी चौकीका सई ३० हजार घुस सहित पक्राउ

१५ चैत्र २०८१, शुक्रबार ०८:४५

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाटी बनगाई दुर्गौलिया प्रहरी चौकीका प्रहरी नायब निरीक्षक (सई) खिम बहादुर खड्कालाई ३० हजार रुपैयाँ घुस सहित पक्राउ गरेको छ।

सई खड्काले भारतबाट रुपन्देहीको दुर्गौलिया नाका हुँदै भन्सार छलेर अवैध रूपमा ल्याएको घरायसी सामानमा सेटिङ मिलाइदिने भन्दै ३० हजार रुपैयाँ घुस मागेका थिए। उनले उक्त घुस लिइसकेको अवस्थामा बुटवलको अख्तियारको टोलीले घुस रकम सहित नियन्त्रणमा लिएको हो।

उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*