कति छ आज गोलभेडा, बन्दा, काउली, च्याउ लगायत तरकारीको भाउ?

१५ चैत्र २०८१, शुक्रबार ०८:२८

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज चैत १५ गतेका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ।

समितिले निर्धारण गरेको प्रतिकिलो न्यूनतम मूल्य अनुसार सानो लोकल गोलभेडा १५ रुपैयाँ, बन्दा १० रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ र लोकल सेतो मूला १० रुपैयाँ रहेको छ।

त्यसैगरी लोकल घिउ सिमी ७० रुपैयाँ, तीते करेला १०० रुपैयाँ, हरियो फर्सी २५ रुपैयाँ, इस्कुस ३० रुपैयाँ, कन्य च्याउ १०० रुपैयाँ र डल्ले च्याउ २०० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*