एचआईडीसीएलमा सीईओ माग, कति चाहिन्छ योग्यता?

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले प्रमुख कार्यकारी अधिकृत (सीईओ) माग गरेको छ। कम्पनीले खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी योग्य तथा इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो।
यसका लागि जनप्रशासन, व्यवस्थापन, व्यापार, वित्त, अर्थशास्त्र, इन्जिनियरिङ, कानून वाणिज्य र कम्पनी कानून मध्ये कुनै विषय लिई प्रथम श्रेणीमा स्नातकोत्तर गरेको र बैंक, वित्तीय, कोष व्यवस्थापन, इन्जिनियरिङ मध्ये कुनै क्षेत्रमा कम्तीमा अधिकृत द्वितीय, वरिष्ठ प्रबन्धक तह, नेपाल सरकारको राज पत्राङ्कित द्वितीय श्रेणी वा सो सरहको पदमध्ये कुनै पदमा कम्तीमा सात वर्ष काम गरेको हुनु पर्नेछ।
प्रथम श्रेणीमा स्नातक गरी चार्टर्ड एकाउन्टेन्सी पास गरी नेपाल चार्टर्ड एकाउन्टेन्स संस्थाको सदस्यता प्राप्त गरेको र नेपाल सरकारको वा संङ्गठित संस्थाको अधिकृत स्तरको पदमा चार्टर्ड एकाउन्टेन्सी सम्बन्धी काममा कम्तीमा दश वर्ष काम गरेको हुनु पर्नेछ।
उमेरको हकमा ३५ वर्ष पूरा भई ५५ वर्ष ननाघेको हुनु पर्नेछ। योग्य तथा इच्छुक नेपाली नागरिकले आगामी १५ दिन भित्र दरखास्त आवेदन दिइसक्नु पर्नेछ।