चिलिमे जलविद्युतको बोनस शेयर डिम्याट खातामा

१५ चैत्र २०८१, शुक्रबार ०७:४२

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले पुस २८ गतेको २८औं वार्षिक साधारणसभाले पारित गरेको १० प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा पठाएको छ।

कम्पनीले सभा प्रयोजनार्थ पुस १६ गते बुक क्लोज गरेकोले सोको अघिल्लो दिनसम्म कायम शेयरधनीको डिम्याट खातामा चैत १३ गतेदेखि बोनस शेयर पठाइएको जानकारी दिएको छ।

साथै हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीले अभौतिकीकरण गरेपछि डिम्याट खातामा स्वतः बोनस शेयर जम्मा हुने कम्पनीले जनाएको छ।

कम्पनीको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*