एमबीएल इक्विटी फण्ड बाँडफाँड
१५ चैत्र २०८१, शुक्रबार ०७:०६

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले फागुन २२ देखि चैत ७ गतेसम्म बिक्री गरेको ‘एमबीएल इक्विटी फण्ड’ हिजो चैत १४ गते बाँडफाँड गरेको छ।
क्यापिटलले प्रतिइकाई १०० रुपैयाँका दरले जम्मा १२ करोड इकाई बिक्रीमा ल्याएको थियो। जसमा कुल इकाईभन्दा बढी संख्यामा खरीद आवेदन परेपछि योजनाको आकार वृद्धि गरेर १२ करोड १६ लाख २५ हजार ३३० इकाई कायम गरिएको जनाएको छ।
क्यापिटलले रीतपूर्वक आवेदन दिने सबै सर्वसाधारणलाई माग गरे बमोजिम १० करोड ३३ लाख ८१ हजार ५३० इकाई बाँडफाँड गरेको छ।
त्यस्तै कोष प्रवद्र्धक माछापुच्छ्रे बैंकलाई १ करोड ६८ लाख इकाई र योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटललाई १४ लाख ४३ हजार ८०० इकाई बाँडफाँड गरिएको जनाएको छ।