फागुनसम्मको दाबी लिन नेको इन्स्योरेन्सको आग्रह
१५ चैत्र २०८१, शुक्रबार ०६:४७

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्मको बीमा दाबीको भुक्तानी लिन बीमितलाई आग्रह गरेको छ।
कम्पनीले चालू आवको फागुन मसान्तसम्म पर्न आएको दाबीमा बीमितले अपुग कागजात पेश नगरेको वा सम्पर्कमा नआएको कारण भुक्तानी प्रक्रिया रोकिएको जानकारी दिएको छ।
कम्पनीले त्यस्ता बीमितलाई अबको १५ दिन भित्र अपुग कागजात पेश गरी वा कम्पनी तथा सर्भेयरको सम्पर्कमा आई दाबी भुक्तानी प्रक्रिया अघि बढाउन भनेको छ।
साथै तोकिएको म्याद भित्र दाबी प्रक्रिया अघि नबढाएमा सम्बन्धित बीमितको दाबी फाइल बन्द गरिने जानकारी समेत दिएको छ।