पियोर इनर्जीको आइपीओ भोलि बाँडफाँट हुने, कतिले पाउँछन् शेयर ?

१४ चैत्र २०८१, बिहीबार १८:४२

काठमाडौं । पियोर इनर्जी लिमिटेडले फागुन २० गतेदेखि निष्कासन गरिरहेको पहिलो चरणको आईपीओमा भोलि अर्थात् चैत १५ गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले आइपीओ बाँडफाँटको मिति तय गरेको हो ।

कम्पनीको आइपीओ १४ हजार ४०० जनाले शेयर पाउनेछन् । जसमा ४२ हजार जनाको हात रित्तो हुने भएको छ ।

कम्पनीलाई नेपाल धितोपत्र बोर्डले प्रतिकित्ता १०० रुपैयाँमा जम्मा १६ लाख कित्ता आईपीओ निष्कासनको अनुमति दिएको हो। जसमध्ये १ लाख ६० हजार कित्ता आयोजना प्रभावित अर्थात् बाँके जिल्लाबासीका लागि र १ लाख ४४ हजार कित्ता नेपाल सरकारबाट श्रम स्वीकृति लिई विदेशमा रोजगार गरिरहेका नेपालीहरूका लागि निष्कासन गरिरहेको थियो ।

पहिलो चरणको आईपीओ बाँडफाँटपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*