अनलाइन सेक्युरिटिजका अध्यक्ष अनन्त कुमार पौडेलको निधन
१४ चैत्र २०८१, बिहीबार १८:४७

काठमाडौं । अनलाइन सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४९) का अध्यक्ष अनन्त कुमार पौडेलको निधन भएको छ ।
दीर्घकालीन रोग मृगौला समस्याबाट गुज्रिरहेका पौडेलको ४२ वर्षको उमेरमा बिहीबार बिहान उनकै निवासमा निधन भएको हो।
मृगौलामा समस्या देखिएपछि भारतमा मृगौला प्रत्यारोपण गरिए पनि सफल हुन नसक्दा उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो।