बीमा प्राधिकरणका निर्देशकहरूको जिम्मेवारी हेरफेर, रेग्मीलाई कानुन र ढुंगेललाई अनुशन्धान महाशाखाको जिम्मेवारी

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले निर्देशकहरूको जिम्मेवारी हेरफेर गर्दै हालै बढुवा भएका निर्देशकहरूको पदस्थापना गरेको छ। प्राधिकरणले आजदेखि लागू हुने गरी विभिन्न महाशाखामा नयाँ जिम्मेवारी तोकेको हो।
प्राधिकरणले निर्देशक कमल प्रसाद रेग्मीलाई कानून महाशाखा तथा निर्देशक पूजन ढुंगेल (अधिकारी) लाई अनुसन्धान महाशाखाको जिम्मेवारी दिइएको छ।
त्यस्तै, हालै बढुवा भएका निर्देशकहरूलाई सम्बन्धित महाशाखामा पदस्थापन गरिएको छ। निर्देशक शाम्बराज लामिछाने नियमन महाशाखाको जिम्मेवारी सम्हाल्ने भएका छन् भने निर्देशक धुव तिमिल्सिनालाई सुपरीवेक्षण महाशाखा तोकिएको छ।
यस्तै, निर्देशक निर्मल अधिकारीलाई बीमालेख महाशाखा र निर्देशक कुन्दन सापकोटालाई व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ।