ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन, आइतबारदेखि कारोबारमा
१४ चैत्र २०८१, बिहीबार १८:०६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको शेयर मूल्य समायोजन भएको छ । बिहिबार ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन भएको हो ।
कम्पनीको ५.७५ प्रतिशत बोनस बापतको नेप्सेले विहीबार शेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि सो कम्पनीको शेयर मुल्य एक हजार ३४७ रुपैयाँ ४५ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार १ हजार ४ सय २४ रुपैयाँ ९३ पैसामा भएको थियो ।
आज मूल्य समायोजन भएको कम्पनीको समायोजित मूल्यका आधारमा आइतबार कारोबार हुनेछ ।