‘वाडा अटो शो’ मा बिवाईडी ईभी किन्दा विशेष अफर

काठमाडौँ । बिवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले पोखरामा चलिरहेको वाडा अटो शो २०२५ मा सहभागिता जनाएको छ । पोखरा प्रदर्शनी केन्द्रमा फागुन १४ देखि प्रारम्भ भएर आगामी फागुन १७ सम्म चल्ने उक्त अटो शोमा बीवाईडीले दिगो यातायात समाधानको मिसनका साथ बीवाईडी डल्फिन, एट्टो ३ र एम६ गरी विभिन्न तीन मोडलका सवारी साधन प्रदर्शन गरेको छ ।
१. बीवाईडी डल्फिन – सुरक्षित तथा स्मार्ट फेमिली कारको रुपमा परिचित बीवाईडी डल्फिनमा एड्भान्स्ड सेफ्टी, इनोभेटिभ टेक्नोलोजी र स्मुथ तथा सिटी–फ्रेन्ड्ली ड्राइभिङ एक्सपेरियन्स लगायतका विभिन्न फिचर भएर पनि अफोर्डेबल समेत रहेको छ ।
२. बीवाईडी एट्टो ३ – नेपालकै पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूभीको रुपमा परिचित बीवाईडी एट्टो ३ नेपालका नम्बर १ एसयूभी समेत बनेको छ । सिटी ड्राइभिङ र लामो दुरीको यात्रा दुवैका लागि डिजाइन गरिएको बीवाईडी एट्टो ३ स्पोर्टी एस्थेटिक्स, पावरफुल पर्फमेन्स र एड्भान्स्ड टेक्नोलोजीयुक्त छ ।
३. बीवाईडी एम६ – नेपालको पहिलो प्रिमियम ७–सिटर इलेक्ट्रिक एमपीभीको रुपमा परिचित बीवाईडी एम६ स्पेसियस र लक्जरी मल्टी–परपोज भेइकल अर्थात एमपीभी हो । शून्य उत्सर्जनयुक्त ड्राइभिङको फाइदा र प्रिमियम कम्फर्ट खोज्ने परिवारका लागि यो उपयुक्त विकल्प हो ।
आकर्षक ईभी मोडल प्रदर्शन गर्नुका साथै अटो शोमा सवारी साधन किन्ने ग्राहकका लागि बीवाईडीले सीमित समयका लागि एक्सक्लुसिभ अफर समेत ल्याएको छ ।
सो अफर अन्तर्गत निम्न सुविधा पाउन सकिने छ
२० प्रतिशत डाउन पेमेन्ट
१० वर्ष वा २ लाख किलोमिटर वारेन्टी
१ वर्ष फ्रि इन्स्योरेन्स
१ वर्ष रोड ट्याक्स कभरेज
आकर्षक नगद छुट
फ्रि एसेसरिज
फ्रि होम चार्जर